इन्छन्मा ब्याग भित्र ७० वर्षकी बृद्धाको लाश भेटियो…. CCTV मा खिचिएको शंकास्पद व्यक्ति को त??

 

사진

 

 

इन्छन्मा ब्याग भित्र ७० वर्षकी बृद्धाको लाश भेटियो…. CCTV मा खिचिएको शंकास्पद व्यक्ति को त??

ff

इन्छन्को एउटा शहरमा ब्याग भित्र फालिएकी बृद्धा को हो भन्ने पत्ता लागेको छ।

पुलिसको अनुसार २२ तारिक डिसेम्बरका दिन इन्छन् खानसकदोंगको एउटा भिल्ला अगाडि फालिएको सूटकेसमा बुफ्यंग भन्ने ठाउँमा पसल चलाएर बसेका ७० बर्षीया बृद्धाको शव फेला परेको हो।

२० तारिकका दिन बेलुका ४ बजेतिर भोज गएर आउँछु भनेर गएको मान्छे नफर्केकाले परिवारले घरबाट भागेको भनि २२ तारिकका दिन बेलुका १:३८ बजेतिर रिपोर्ट गरेको एशिया क्यंगजे अनलाइन ईस्यु टिममा खबर छ। सोही दिन स्कूलबाट फर्केका दुई विद्यार्थीले ३ :०७ तिर सूटकेसमा केही छ जस्तो छ भनेर रिपोर्ट गरेपछि ती बृद्धाको शव भेटिएको हो। ती विद्यार्थीहरुका अनुसार सूटकेस अलिकति खोलिएको थियो, झट्ट हेर्दा चाक जस्तो नि देखिएको, मान्छेको आकार जस्तो नि देखिएकोले पुलिसमा रिपोर्ट गरिएको जनाइएको छ।

लाश राखिएको सूटकेस ६० से मि चौड़ाई , ४० से मि लम्बाई र ३० से मि मोटाईको भेटिएको हो। देब्रे कम्मरको भाग र घाँटीमा ५ पल्ट हतियारले काटिएको र टाउकोमा कुनै कड़ा चीजले हिर्काइएको अवस्थामा भेटिएको छ।

२१ तारिकका दिन राति १० बजे तिर एउटा व्यक्तिले सूटकेस फालेर गएको CCTV मा देखिएको छ। हत्याराको खोजी र अनुसन्धान अझै पनि जारी नै छ।

ff

이거슨아난타

 

Leave a Reply